|  

समाचार संस्था अल जजिराको कार्यालयमा हतियारसहित छिरे इसराइली सेना

५ असोज, काठमाडौं । इसराइली सेना समाचार संस्था अल जजिराको कार्यालयभत्रै प्रवेश गरेको छ ।

आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक हुल इसराइली सेना प्रवेश गरेका हुन् । अल जजिराले आफ्नो कार्यालयमा इसराइली सेना प्रवेश गरेको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । सेनाले ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको छ।भिडिओमा इसराइली सेनाहरू हतियारसहित प्रवेश गरेको देखिन्छ ।

सेना प्रवेश गरेपछि ब्युरो प्रमुख वालिद ओमरी र केही कर्मचारीहरू बाहिर देखिन्छन् । सेनाले उनलाई तत्काल कर्मचारीहरूलाई बाहिर निकाल्न र ४५ दिनसम्म प्रसारण बन्द गर्न चेतावनी दिएको स्रोतले जनाएको छ ।

अक्टोबर ७ देखिको इसराइल–हमास द्वन्द्वले गजामा आम नागरिकमाथि खेप्नुपरेको सास्ती र युद्धले जन्माएको अस्तव्यस्त अवस्थालाई अल जजिराले प्राथिमकताका साथ प्रकाशन र प्रसारण गर्दै आएको थियो । यसअघि मे महिनामा जेरूसेलममा रहेको अल जजिराको कार्यालय पनि इसराइलले बन्द गरिदिएको थियो।