|  

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके विजयी

५ असोज, काठमाडौं । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा अनुरा कुमारा दिसानायके विजयी भएका छन् ।

जनाथा विमुक्ति पेरामुना पार्टीका दिसानायकेले ५३ प्रतिशत मतसहित जित निकालेका हुन् ।उनलाई पछ्याएका त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले दोस्रो नम्बरमा रहे ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे तेस्रो स्थानमा समेटिए ।सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको थियो ।

राष्ट्रपतिमा विजयी दिसानायके कोलम्बो जिल्लाका सांसद हुन् । उनले राष्ट्रिय जनता शक्ति (नेशनल पिपुल्स पावर) र जनता विमुक्ति पेरमुना (जेवीपी) पार्टीको नेतृत्व गरेका छन् ।