|  

पारसले लेजेन्ड्स लिग नखेल्ने पक्का

०६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लेजेन्ड्स लिग २०२४ नखेल्ने भएका छन ।

लेजेन्ड्स शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको छ । पारसलाई अक्सनमा गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो । तर पारसले व्यक्तिगत कारणले उक्त लिग खेल्न जान नपाउने भएका हुन् । पारस आवद्ध गुजरातमा वेस्ट इन्ण्डिजका क्रिस गेल, भारतीय शिखर धवन, मोहम्मद कैफ, श्रीशान्त, वेष्ट इण्डिजका लेन्डन सिमन्स र इंग्ल्यान्डका लियाम प्लेन्केट जस्ता खेलाडी छन ।

क्यानको वार्षिक साधरण सभा असोज ११ र १२ गते पोखरामा हुँदैछ । जिल्ला र प्रदेशको साधारण सभा निरन्तर जारीछ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन भने दशैंअघि गर्ने तयारी भइराखेको छ ।