|  

यस वर्ष हिले दशैँ हुने सम्भावना !

०६ असोज, काठमाडौं । यस वर्ष हिले दशैँ  हुने सम्भावना रहेको मौसमविदहरुले अनुमान गरेका छन् ।

यस वर्षको मनसुन बहिर्गमनको सम्भावना नभएकाले दशैंसम्म पनि पानी पर्ने जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले जानकारी दिएका छन् । सन २०२२ मा पनि दशैंको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो । यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरुका अनुसार मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना रहेको छैन ।