|  

कार दुर्घटनामा परी ओमानमा २ नेपालीको मृ#त्यु

०६ असोज, काठमाडौं । ओमानमा कार दुर्घटना हुँदा २ नेपालीको ज्यान गएको छ ।

नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकी रहेका छन । कार सारुले चलाइरहेका थिए । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको ज्यान गएको दूतावासले जनाएको छ ।

सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन २०१८ देखि काम गर्दै आएका थिए । समिता भने वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् । कानूनी प्रक्रिया पूरा गरी सारुको शव नेपाल पठाइएको र समिताको भने पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको छ ।