|  

बैतडीमा ४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस

०६ असोज, काठमाडौं । बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।