|  

इरानको कोइला खानी विस्फोटः मृतकको संख्या ५१ पुग्यो

०६ असोज, काठमाडौं । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी ज्यान जानेको संख्या ५१ पुगेको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरुका अनुसार विस्फोटमा परी २० जना घाइते भएका छन् । खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको भनिएको छ । खानीमा ग्यास जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।

यसअघि पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु थियो । भने २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको थियो ।