|  

बलात्कार सम्बन्धी मुद्दामा कानुन संशोधनकाे आवश्यकः मन्त्री चौरसिया

०६ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसियाले भौतिक संरचना सञ्चालनका लागि कानुन मन्त्रालयले सर्वोच्च अदालतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको बताएका छन् ।

आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘भौतिक संरचना सञ्चालनका लागि कानुन मन्त्रालयले सर्वोच्च अदालत लगायतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको छ । सञ्चालनकै मुख्य सवाल रहेकाले सरकारसँग पनि छलफल गरेर त्यसमा पनि के गर्न सकिन्छ गृह मन्त्रालय र महिला मन्त्रालयसँग पनि कुरा गर्नुपर्ने अवस्था छ ।’

यस्तै उनले नयाँ कानुन संशोधनको क्रममा समितिका सांसदहरूसँग छलफल गर्नुपर्ने  बताए । उनले बलात्कार सम्बन्धीको मुद्दामा कुन जबरजस्ती हो कुन मन मिलेर हो त्यसमा पनि कानुन संशोधन गर्नुपर्ने बताए ।