|  

फिल्म ‘केटी हराएको सूचना’ को पहिलो गीतमा नाजिर र सृष्टिको प्रेम 

०६ असोज, काठमाडौं । नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को पहिलो गीतको भिडियो बजारमा ल्याइएको छ ।

भिडिओमा फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन् । यसको शब्द तथा संगीत दीपेन्द्र गौचनको हो । स्वर रोहित जोन क्षेत्री र शितुसित बस्नेतले दिएकी छन् । भिडिओमा एक युवक र युवतीबीच लामो समयपछिको भेटमा देखिएको खुसीलाई देख्न सकिन्छ । नाजिर र सृष्टिको प्रेमलाई भिडिओले दर्शाएको छ ।

यो फिल्मको निर्माण तथा निर्देशन करिब ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनले गरेका हुन । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको फिल्मलाई अमर महर्जनले खिचेका छन । फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायत कलाकारहरूको अभिनय छ । फिल्म आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।