|  

ओलीसँग त म एक थोपो रगत हुन्जेलसम्म लड्छुः दुर्गा प्रसाईँ

०६ असोज, काठमाडौं । बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले केपी ओलीसँग जिउँदो हुन्जेलसम्म लड्ने जिकिर गरेका छन् ।

उनले घरबाट निस्किँदै गर्दा भनेका छन्, ‘केपी ओलीसँग त म नि एक थोपो रगत हुन्जेलसम्म लड्छु, लडिरहन्छु ।’ त्यहि क्रममा घर परिसरमा जम्मा भएका युट्युबरतर्फ हेर्दै उनले थप बोल्न खोजेपछि प्रहरीले समातेर भ्यानतिर लगेको थियो । त्यसक्रममा उनले आफूलाई भ्रष्टाचारी पक्रे जस्तो व्यवहार नगर्न भन्दै प्रहरीसँग आक्रोश पोखेका थिए । ‘पक्रे जस्तो नगर्नुस न, म आफैं चढिहाल्छु नि !, मैले त भ्रष्टाचार गरेको होइन नि ! मलाई भ्रष्टाचारीलाई पक्रेको जस्तो व्यवहार नगर्नुस ।’

त्यहीँबाट एकजना समर्थकले उनलाई समर्थन गर्दै प्रहरीतर्फ व्यंग्य गरे । ‘भ्रष्टाचारीलाई त उहाँहरूले त केही गर्न सक्नु हुन्न’, यति भनिसकेपछि प्रहरीले प्रसाईंलाए पक्राउ गरेर साइबर ब्यूरोतिर लगेको छ । भक्तपुरको ठिमीस्थित उनको निवासबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।