|  

एमसिसीका अधिकारीहरुसँग पनि भेट्दै प्रधानमन्त्री ओली

०६ असोज, काठमाडौं । राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसिसीका अधिकारीहरुसँग पनि भेटवार्ता गर्दैछन् ।

राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले भोलि एमसिसीका कार्यकारी प्रमुख एलिस अल्ब्राइटसँग भेट्ने भएका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार भने युएसएआईडीका प्रशासक सामन्था पावरसँग भेट्ने कार्यक्रम छ । उनीहरुबीच नेपालको राष्ट्रसंघस्थित स्थायी नियोगको कार्यालयमा भेट हुने भएको हो ।

बुधबार नै प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन । आज भने प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली १० दिने अमेरिकी यात्रामा शुक्रबार न्युयोर्कतर्फ लागेका थिए ।