|  

उपेन्द्र यादवको हैकमवादी शैलीले जसपा अलग्गिएको होः प्रदीप यादव

०६ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव प्रदीप यादवले जनता र मुलुकको विकासलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका-८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै खानेपानी मन्त्री समेत रहेका यादवले यस्तो बताएका हुन् । जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको भन्दै उनले पार्टीले नीतिगत रूपमै जनताको हितमा काम गरिरहेको जिकिर गरे । मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको उनको भनाई छ ।
जसपा नेपालसँग अलग्गिएर जसपा गठन गर्नु पछाडिको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली भएको पनि उनले बताए ।