|  

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. देवकोटा

०६ असोज, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटाले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा.देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा.देवकोटा स्वास्थ्य मन्त्रालयका १२ औं तहका अतिरिक्त सचिव हुन । विभागमा १२ औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था रहेको छ ।  डा. देवकोटा यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन् ।

डा.देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागमा महानिर्देशक रहेकी डा. संगीता मिश्रको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । डा. मिश्र पनि १२ औं तहकी अतिरिक्त सचिव हुन ।