|  

विदेश भाग्ने तयारीमा थिए छविलाल...

०६ असोज, काठमाडौं । गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे विदेश भाग्ने तयारी गरिरहेकै बेला पक्राउ परेको पाइएको छ ।

अमेरिकन पीआर होल्डर जोशीलाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको हो । सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारबाहीको सिफारिस गरेको थियो । समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयबाट प्रहरीलाई निर्देशन आएसँगै गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई समेत पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको छ ।