|  

कार्यकर्तालाई केन्द्रीय कार्यालय बनस्थली आउन रास्वपाकाे सर्कुलर

६ असोज, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन भनेको हो ।

रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले कार्यालयमा उपस्थित हुन आग्रह गरेका स्रोतको भनाइ छ।

सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले रास्वपा सभापति लगायतलाई कारबाही सिफारिस गरेपछि गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले कार्यकर्ता बोलाएको हो ।