|  

भेन्टिलेशन फोडेर धनुषा प्रहरीको हिरासतबाट भागे ८ जना थुनुवा

७ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।

आज बिहान करिब ३ बजेतिर हिरासत कक्षको भेन्टिलेसन फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हिरासत कक्षमा रहेका ९ जना थुनुवा भेन्टिलेसन फोडेर निस्किएका थिए ।

फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्त थिए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।