|  

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

७ असोज, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्रीमोदीबीच भएको भेटमा ओलीले उक्त आग्रह गरेका हुन् । सो आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेका छन् ।

भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने कुराकानी भएको जानकारी दिइन् ।