|  

जापानमा महिनाभरि पर्ने पानी एकै दिनमा पर्यो, ६ जनाको मृ#त्यु 

७ असोज, काठमाडौं । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।

कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्सामा बाढी र पहिरो आएको थियो । शनिबारदेखि शुरु भएर सोमबार मध्याह्नसम्म भारी वर्षा हुँदा प्रिफेक्चरको वाजिमा र सुजु शहर प्रभावित भएका छन् ।

आइतबार दुवै सहरमा महिनाभरि पर्ने पानी एकै दिनमा परेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् । दर्जनौँ नदीमा पानीको स्तर बढेका छन् भने सडकमा सवारी आवागमन प्रभावित भएर प्रिफेक्चरभरका सय भन्दा धेरै समुदायहरू एक्लिएको बताइएको छ ।