|  

काभा भलिबल क्लब च्याम्पियनसिपको विजेता पुलिस टोली स्वदेश फिर्ता

७ असोज, काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ ।

टोली सोमबार नेपाल फर्किएका हुन् ।टोलीलाई नेपाल पुलिस क्लबका अधिकारीहरु, समर्थक र परिवारलगायतले स्वागत गरेका थिए ।

माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।