|  

६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘स्त्री २’

७ असोज, काठमाडौं । श्रद्धा कपुर र राजकुमार राव अभिनित फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ ।

यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु बजारमा ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म पनि बन्यो । फिल्मले ३९ औं दिनसम्म ६०४.२२ करोड भारु कमाएको छ । आइतबार मात्रै फिल्मले ४.८५ करोड भारु कमायो ।

शुक्रबार ‘सिनेमा दिवस’को अवसरमा फिल्मले दर्शकलाई ठूलो संख्यामा हलसम्म तान्न सक्यो । ‘स्त्री २’ ले शाहरुख खानको अघिल्लो ब्लकबस्टर ‘जवान’को कमाइ ९५८२ करोड भारु० लाई पनि उछिनेको छ ।

यो फिल्मले रणवीर कपुर स्टारर ‘एनिमल’ र शाहरुख खानको ‘पठान’को कमाइलाई पनि उछिनेको छ ।