|  

रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितको प्रदर्शन

७ असोज, काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

सहकारीको पैसा गोर्खा मिडिया मार्फत लामिछानेले दुरुपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।