|  

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा

७ असोज, काठमाडौं ।  श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं आइपुगेका छन् ।

उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको बताइएको छ ।

उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।