७ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।
आइतबार विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको हो ।
स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ ।