|  

कार्यवाहक जिम्मेवारी एआईजीपी राईलाई सुम्पिएर आईजीपी कुँवर ग्रिस प्रस्थान

०७ असोज, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज ग्रीस गएका छन् ।

एथेन्समा आयोजना हुने ३८ औंँ अन्तर्राष्ट्रिय लागुऔषध सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । यही असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी हुनेछन् ।

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विदाइ गरेका थिए । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।