|  

सहकारी ठगलाई ढाल बनाएर बचाउ नगर्न समर्थकहरूलाई मुकुलको आग्रह

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ततकालीन महामन्त्री डा.मुकुल ढकालले सहकारी ठगीमा मुछिएका रवि लामिछानेको बचाउ नगर्न समर्थकहरूलाई आग्रह गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले यस्तो आग्रह गरेका हुन् । उनले पार्टीको मूल उद्देश्य विधिको शासन स्थापित गर्नु भएको भन्दै अपराधी, ठग, दलालहरूको संरक्षण नगर्न आग्रह गरे ।

सहकारी ठगलाई ढाल बनाएर बचाउने कोसिस गर्नु दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन् । ढकालले पार्टी कार्यालयमा लुकेर बसेका ठगलाई कानुनी कारबाहीको लागि प्रहरीलाई बुझाउनुपर्नेमा जोड दिएका छन् ।