|  

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

०७ असोज, काठमाडौं । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा  उपस्थित गराइएको छ ।

प्रहरीले जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा लगेको हो । जोशीलाई हिजो काठमाडौंबाट पक्राउ गरि साँझ पोखरा लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगेको हो । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएका छन् ।