|  

दुर्गा प्रसाईंकाे बयान जारी

०७ असोज, काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंसँग बयान लिने काम सुरू गरेको छ ।

स्वास्थ्यमा सुधार आएपछि उनीसँग साइबर ब्युरोको टोलीले बयान लिने काम आज मध्याह्नदेखि सुरू गरेको हो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई उजुरी परेपछि साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो । प्रसाईंलाई आइतबार बेलुकी स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनको अहिले बयान भइरहेको छ ।

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप गरिएको हो । प्रसाईंलाई साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।