|  

हिरासतबाट भागेका ९ थुनुवामध्ये ४ जना पुनः पक्राउ

०७ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट गएराति भागेकामध्ये चार थुनुवा पुनः पक्राउ परेका छन् ।

गएराति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । पक्राउ पर्नेमा रोशन कुमार मण्डल, अभास्कर कुमार यादव, विक्की कार्की र सत्यम झा रहेका छन् । झालाई प्रहरीले तत्कालै पक्राउ गरेकामा अन्यलाई पनि खोजतलासका क्रममा विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।  फरार अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।