|  

दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

०७ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध उनका कानुन व्यवसायी बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

प्रसाईंका तर्फबाट कानुन व्यवसायी टंक दुलालले आज रिट लगेका हुन । सर्वोच्च अदालतमा रिट दर्ताको प्रक्रियामा रहेको दुलालले जानकारी दिएका छन् । प्रसाईंलाई महिलामाथि अभद्र टिप्पणी गरेको उजुरीमा काठमाडौं जिल्ला अदालतले यही असोज ३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।