|  

काँग्रेस र एमालेको उदेश्य माओवादीलाई फ्याँकेर सत्तामा पुग्नु थियोः प्रचण्ड

०७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रोसँग कार्यान्वयन नै नगरी संविधान संशोधन र समीक्षाको कुरा झिक्नु ठिक नहुने बताएका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना आज काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन अपेक्षा र वास्तविकता’ विषयक छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन । उनले अहिले पनि संविधान कार्यान्वयनमा ठूलो चुनौती रहेको भन्दै उनले इमान्दारिताका साथ कार्यान्वय गरिसकेपछि मात्रै समीक्षा गरेर संशोधनमा जाने बताए । उनले अहिलेका सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको एजेन्डा कहिल्यै पनि संविधान संशोधन नभएको टिप्पणी गरे । उनले ठूला पार्टीको एजेन्डा संविधान संशोधन नभई माओवादीलाई फ्याँकेर सत्तामा पुग्नु मात्रै भएको आरोप पनि लगाए ।