|  

नेपाली ब्रान्ड ग्रिनलाइफको भर्टेक्स स्मार्टवाच भोलि सार्वजनिक गरिँदै

०७ असोज, काठमाडौं । नेपाली ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले ‘भर्टेक्स’ मोडेलको नयाँ स्मार्टवाच सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले भोलिदेखि स्टाइलिश र फिटनेसमा केन्द्रित स्मार्टवाच बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार यस स्मार्टवाचको फिता डुअल टोन अर्थात सिलिकन र फ्रेम जिङ्क एलोए मेटलबाट बनेको छ । यसमा १.४३ इन्चको एमोलोड डिस्प्ले छ । स्क्रिन स्पष्ट र स्तरीय देखाउन यसमा ४६६*४६६ पिक्सेलको रेजोलुसन समावेश गरिएको छ ।

भर्टेक्स स्मार्टवाचमा सात ओटा पि-इन्स्टल डायलप्याड छन । अनलाइन भएको खण्डमा थप २०० भन्दा बढी क्लाउडमा आधारित डायलप्याड छान्न सकिने विकल्प पाउन सकिनेछ ।