|  

अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालय बन्द

०७ असोज, काठमाडौं । अत्यधिक गर्मी बढेपछि वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ ।

बढ्दो गर्मीका कारणबाट विद्यार्थीको स्वास्थ्यमा परेको प्रभावलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरका विद्यालय यही असोज ८ र ९ गते बन्द गर्न लागिएको हो । साथै महानगरले सम्बन्धित विद्यालयलाई आवश्यक गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण मिलाउन पनि अनुरोध गरेको छ ।
यसअघि पनि महानगरले गर्मी बढेको भन्दै गत जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य स्थगित गरेको थियो ।