|  

दुर्गा प्रसाईंको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने ७ जना प्रहरी नियन्त्रणमा

७ असोज, काठमाडौं ।  प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

नागरिक बचाउ अभियान लुम्बिनी प्रदेशले गरेको विरोध प्रदर्शनमा बुटवलको मिलनचोकबाट ७ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले  बताए ।प्रदर्शनकारीहरूले राजमार्ग चौराहाबाट मिलनचोक आएर चक्काजाम गर्ने तयारी गरेका थिए । प्रहरीले चक्काजाम गर्नुभन्दा अगाडि नै नियन्त्रण लिएको हो । उनीहरू सबैलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।