|  

भ्रष्टाचार वडा तहमै पुग्यो, अब देश सम्हाल्न गाह्रो छ : रवीन्द्र मिश्र

७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताएका हुन् । उनले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने नाममा भ्रष्टाचार लगेको आरोप लगाए । उनले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताए । उनले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताए ।

‘हामीले संघीयतामा तल तलसम्म अधिकार पु¥याउने भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सिमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो । बजेटको झन्डै २४ प्रतिशत संघीयतामा जान्छ । तल २१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन्’, उनले भने, ‘नैतिक संकटको हामी तल्लो तहमा पुगेका छौँ । अब यो देश सम्हाल्न गाह्रो हुन्छ । जतिसुकै सम्हाल्छौँ भनेपनि यो सम्हाल्न गाह्रो अवस्था छ । एउटा अन्तर्राष्ट्रिय भूराजनीतिका कारण । अन्तर्राष्ट्रिय भूराजनीति अहिले चीन र भारत जसरी सर्वशक्तिमान बन्दैछन्, त्यसको कारणले गर्दा एशियातिर सिफ्ट भएका छन् ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताए ।