|  

मनसुन फेरि सक्रिय, यी प्रदेशमा  घनघोर वर्षाको सम्भावना

८ असोज, काठमाडौं ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक / दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका एक / दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।  राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ।

कोशी प्रदेश, बागमती, गण्डकी , सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक / दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक / दुई स्थानमा घनघोर वर्षाको सम्भावना रहको छ ।