|  

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

८ असोज, काठमाडौं ।  संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको हल सिंहदरबारमा बस्नेछ ।

बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूतको सम्बन्धमा निर्णय गर्ने कार्यसूची रहेको छ ।