|  

दसैँको मुखमा खानेतेलको मूल्य लिटरमै २० रुपैयाँले बढ्यो 

८ असोज, काठमाडौं ।  नेपालीका महान चाड दसैं तिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ ।

पछिल्लो एक-डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो । यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ ।

उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन । 

पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ ।