|  

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृ#त्यु

८ असोज, काठमाडौं । तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ ।

सोमबार बेलुकी करिब ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका-३ पावर हाउस नजिकै तिनाउ खोलामा नुहाउने क्रममा डुबेर २६ वर्षीय विशालकुमार जातबको मृत्यु भएको हो ।

भारतको उत्तर प्रदेश आग्राबाट भ्रमणमा आएका जातब नुहाउन भनेर तिनाउ नदीमा पसेका थिए ।

प्रहरी चौकी दोभानको टोलीले खोजतलास गर्दा उनलाई इलाका प्रहरी कार्यालय बुटवलको रूपन्देहीको क्षेत्रमा पर्ने स्थानमा मृत भेटिएका हुन् ।