|  

चीन भ्रमणमा गएको रास्वपाको टोली भोलि स्वदेश फर्किने

८ असोज, काठमाडौं । दश दिने चिन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली बुधबार मात्रै नेपाल फर्किने भएको छ ।

सोमबार नै नेपाल फर्किने बताइए पनि टिकट नपाउँदा भोलिमात्रै फक्रिने  भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चिन गएको थियो ।

तर सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणले फरक राजनीतिक घटनाक्रम बनेपछि टोली चाँडै फर्किने भएको हो ।