|  

त्रिविले २०५८ देखिका परीक्षार्थीलाई एकपटक मौका परीक्षाको अवसर दिने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि एक पटकका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

आइतबार शिक्षा मन्त्री विद्या भट्टराईसँगको छलफल पछि विश्वविद्यालयले २०५८ पछिका परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।

विश्वविद्यालय अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिइने जनाएको छ ।

undefined