|  

साउन र भदौ महिनामा मात्रै ६ अर्ब  ७० करोड बढीको स्मार्टफोन आयात 

८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१ / ८२ को पहिलो दुई महिनामा ६ अर्ब भन्दा बढीको स्मार्ट फोन नेपाल भित्रिएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौ मात्रै ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएका हुन् । 

नेपालमा स्मार्टफोनहरू अस्ट्रेलिया, बंगलादेश, जापान, भारत ,चीन बेल्पिजयम, अमेरिका मेनमार्क, फिनल्याड, जर्मनी, मलेसिया ओमन बतार लगायतका विभिन्न देशहरूबाट आयात हुने गर्दछन् । नेपालमा सबैभन्दा बढी फोन भारत र चीनबाट आयात हुने गर्दछ ।