|  

सर्वाेच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार

०८ असोज, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

आज न्यायाधीश प्रकाशमान सिंहराउतको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । थुनामुक्तको मागसहित प्रसाईंका छोरा निराजनले रिट दायर गरेका थिए । रिटमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका रिएको थियो ।

प्रसाईंलाई प्रहरीले आइतबार भक्तपुरिस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको अनुमतिले तीनदिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । पक्राउ परेसँगै बिरामी भएका उनलाई वीर अस्पतालमा राखिएको छ । प्रहरीले उनलाई वीर अस्पतालबाटै बयान लिइएको थियो ।