|  

दुर्गा प्रसाईँको रिहाइको माग गर्दै प्रदर्शन

०८ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै आज पनि प्रदर्शन जारी छ ।

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विरोधमा दिनदिनै प्रदर्शन हुन थालेको हो । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन । सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए ।