|  

सिमेन्टको तहमुनि गाडेको अवस्थामा १६ वर्षपछि एक महिलाको शव फेला

०८ असोज, काठमाडौं । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको पुष्टि भएको छ ।

ती महिलाको शव उनले आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको १६ वर्षपछि स्वीकार गरेका हुन् । हाल ५० वर्ष उमेरका ती पुरुषलाई सन २००८ अक्टोबरमा एउटा झगडाका क्रममा महिलाको हत्या गरेको आरोप लगाइएको छ ।  प्रहरीका अनुसार उनले महिलालाई कुनै भुत्ते हतियारले प्रहार गरी हत्या गरेर उनको शरीरलाई एउटा ठूलो यात्रा झोलामा राखि बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको तह खन्याएर लुकाएको पाइएको छ । ती महिला आफ्नै परिवारसँग सम्पर्कमा नभएकाले तीन वर्षपछि मात्र हराएको रिपोर्ट गरिएको थियो ।

सन २०११ को हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए र प्रमाणको अभावमा मुद्दा सुल्झिएको थिएन । तर ती ब्यक्तिका घरधनीले गत महिना पानी चुहावट भएपछि कामदार लगाएर बनाउन लगाएका थिए । सोहि क्रममा एक कामदारले यात्रा झोला फेला पारेपछि शव फेला परेको थियो । निरीक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो । ती पुरुषलाई सोधपुछका लागि ल्याइएपछि अन्ततः उनले हत्या स्वीकार गरेका थिए । प्रहरीले ती पुरुषलाई ‘अभियोजनका लागि पठाइने’ बताएको छ ।