|  

रेशम र रञ्जिताबीचको विवाद मिल्यो

०८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अन्तरिक विवाद मिलेको छ ।

योसँगै महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बैठक बोलाइएको छ । संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन । नेताहरुका अनुसार उनीहरुबीच हिजो सहमति भएको थियो ।