९ असोज, काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’लामो समयपछि फिल्म अभिनयमा फर्किएका छन् ।
उनले हास्य सिरियल सक्किगोनि टिमको फिल्म ‘लाज शरणम’ मा अभिनय गरेका हुन्। २०७६ सालमा रिलिज सेन्टिभाइरस पछि धुर्मुसले कुनै फिल्ममा अभिनय गरेका थिएनन् ।
धुर्मुसले फिल्ममा आफ्नो अभिनय रहेको जानकारी दिँदै धेरैपछि सेटमा फर्किँदा एकदमै खुसी लागेको बताए।