|  

मोदीको अमेरिका यात्राको भू–राजनीतिक महत्व

१० असोज, काठमाडौं । विपिन देव - सन् २०१४ मा मोदीको आगमनका साथ अमेरिका भारत सम्बन्धले नँया उचाई प्राप्त गरेको छ । यसका विभिन्न कारण तत्वहरु मध्ये अमेरिका, चिन र  भारतको त्रिकोणात्मक सम्बन्ध पनि एक हुन् ।  

अर्को कारणको रुपमा भारतीय मूलुको अमेरिकी नागरिकहरुको बढ्दो प्रभाव पनि हो । अमेरिकामा ४५ लाख भारतीय मूलका नागरिकहरु अमेरिकी जन जीवनको हरेक पक्षमा अब्बल भूमिका खेल्दै आएका छन् । दुई वटा राज्यका गर्भनर भारतीय मूलुको हुनु उपराष्ट्रपति कमला हेरिस भारतीइ मूलुकका हुनु गुगल देखि ठुला ठुला व्यापारिक धरानका सी.ई.ओ. भारतीय मूलका हुनु र विभिन्न संघ संस्थानहरुमा भारतीय मूलका नागरिकहरुमा कुसाग्रता हुनु जस्ता कारणका प्रभावले गर्दा समेत भारत अमेरिका सम्बन्ध सधन हुँदै गई रहेको छ । 

सन् २०२४ सेपटेम्बर २१ देखि २३ सम्म मोदीको अमेरिका यात्रा भू राजनीतिक र भू आर्थीक देष्टीकोणले रेखांकित गर्ने लायक देखिन्छ । आफ्नो दश वर्षे कार्यकालमा ९ पटक अमेरिकी यात्रा गरेर अमेरिकी रपनीति वुझ्न मोदीले महारथ प्राप्त गरेको देखिन्छ । हरेक यात्रामा उनले भारतीय समूदायलाई सम्बोधन गर्ने गर्छन । आफ्ना समवेग र उदवेग वाट उनले अमेरिकामा बसोबास गर्ने भारतीय मूलका नर नारीहरुमा भारतीय संस्कृती, दर्शन, अर्थतन्त्र र परिवेशको बारेमा अवगत गराउने गर्दछ । यस यात्रामा समेत उनले १५ हजार भारती मूलका अमेरिकीहरुलाई सम्बोधन गरेर भारतमा लगानी र निवेशको लागी निमन्त्रणा गरेको देखिन्छ । 

मोदीको अमेरिका यात्रालाई अमेरिकी राष्ट्रपति वाइडेनले उच्च महत्व दिएको देखिन्छ । आफ्नो गृहनगरको निजि निवासमा निमन्त्रणा गरेर अमेरिकी भारत मैत्रीको भावानात्मक सन्देश वाइडेनले दिएका छन् । साथै साथै मोदी र्कवाड शिखर सम्मेलनमा समेत सहभागी भएका छन् । र्कवाड भारत, अमेरिका, अष्ट्रेलीया र जापानको छाता संगठन हो । चीनको ताइवान नीति, दक्षिण चीन सागरमा चीनको वढ्दो दव दवा र हिन्दमहासागरीय क्षेत्रमा चीनको हस्तक्षेप जस्ता गम्भीर मूद्धाहरु साझा राजनीति बनाउन र्कवाड शिखर सम्मेलनले उद्घोष गरेको देखिन्छ  । र्कवाडको कार्यक्षेत्रलाई विस्तार गर्न र हिन्दमहासागरीय क्षेत्रमा शान्ति र चयन कायम गर्न यी चार वटै प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरु सहकार्य गर्न सहमत भएका छन् । 

मोदीले आफ्नो व्यस्तपूर्ण अमेरीकी वसाईका क्रममा द्धिपक्षिण वार्तालाई समेत अधिक महत्व दिएका छन् । र्कवाडका राष्ट्र प्रमूखहरु सँग वाताका साथै नेपालका प्रधानमन्त्री के.पी. ओली सँग उनले द्धिपक्षिय वार्ता गरेका छन् । आर्थिक विकासलाई अर्जुन दृष्टी वनाउँदै उर्जा क्षेत्रमा संयुक्त प्रयास गर्न दुई वटै प्रधानमन्त्री सहमत भएका छन् । प्रधानमन्त्री मोदी फ्यालिस्टानका राष्ट्रपतिसँग समेत भेट वार्ता गरेका छन् । इजरायलमा हमास द्धन्द पश्चात मध्य एसिया युद्धको भूमरीमा देखिन्छ । 

प्यालिस्टायन सँग समेत भारतको सधन समन्वय रहेको छ । प्यालिस्टायानी नेता यासर अराफात सँग भारतको गहिरो सम्बन्ध रहेको थियो । इजरायल हामास विच वार्ताको वातावरण निर्माण गर्न प्यालीस्टारयनको मूख्य भूमिका भएको कारणले नै गर्दा मोदीले प्यालीस्टायीनता सँग भेट गरेको देखिन्छ । विगतका दिनहरु भारतीय कुटनिती द्धन्द शिथिलिकारण तर्फ प्रयोजित रहेको देखिन्छ । यही परिदृष्टमा मोदीले युकेनका राष्ट्रपति जेलेन्सकी सँग समेत भेट वार्ता गरेका छन् । २०२४ का तेश्रो पटक प्रधानमन्त्री वन्ने पश्चात मोदी जेलेन्सकी विच तेश्रो पटक वार्ता भएको देखिन्छ । 

पुटिन जेलेन्सकी विच संवाद र वार्ता गराउन मोदीको सामथ्र्य रहेको कुरा पश्चिमा संचार गृहहरुले समेत आकलन गरेको देखिन्छ । अर्थात विश्वमा शान्ती र अमन कायम गराउन भारतीय कुटनीतिको प्रयास रहेको कुरा मोदीको प्यालिस्टायन र यूकेन सँगको वार्ताले पुष्टि गर्दछ । द्धिपक्षिय वार्ताको सेरोफेरोमा नै मोदीले भियतनामका कम्युनिष्ट पार्टीका महासचिव सँग समेत भेट गरेका छन् । 
भियतनाम चीनिया दवाबमा रहेको देखिन्छ । चीनको बढ्दो आक्रमक्ताका कारणले गर्दा भियतनाम आफ्नो सूरक्षा नीतिमा परिवर्तन गरेको देखिन्छ । भियतमाणले आफ्नो सीमा क्षेत्रमा भारत सँग खरिद गरेर व्रध्मोस क्षेप्यास्त्र  तैनाथ गरेको देखिन्छ । निवेश र व्यापारको क्षेत्रमा भारत भियतानय सम्बन्धले उँचाई भिइरहेको अवस्था छ । अर्थात दुईपक्षिय भेटमा सूरक्षा देखि व्यापार क्षेत्रमा भारत भियतनाम समन्वयमा तिब्रता दिने दुई वटै नेताहरुको सहमति भएको देखिन्छ । 

व्यापारिक दृष्टिकोणलाई मध्यनजर गर्दै मोदीले कुवेतका राजकुमार सँग द्धिपक्षिय भेट वार्ता गरेका छन् । कुवेतमा १० लाख भारतीयहरु कमदार रहेका छन् । विप्रेशण (रेमिटेन्स) र उर्जाको दृष्टिकोणले कुवेत भारतको एक मूख्य व्यापारिक साझेदार रहेको छ । 
यी द्धिपक्षिय र बहुपक्षिय वार्ताहरुको आलोकमा मोदीले अमेरिका ख्यातीप्राप्त व्यापारिक घरानाहरुको सि.ई.ओ. सँगको यू अर्थानीतिको हिसाबले महमत्वपूर्ण रहेको देखिन्छ । आफ्नो कार्यकालमा नै भारतलाई विश्वको तेश्रो अर्थतन्त्र वनाउने संकल्पलाई सिद्धिमा रुपान्तरण गर्न भारतलाई पूँजी र प्रविधिको टडकारो आवश्यकता देखिन्छ । 

यसै सन्दर्भमा उनले गुगलका सि.ई.ओ. सून्दर पिचाई, आए.वि. एम का सि.ई. ओ अरविन्दु नागरिक आजिवक क्षेत्रमा सि.ई. ओ डा. के.पी. सिंह, ए.ली.ली. का सि.ई. ओ. डेविड रिक्स, आरटिफिसियल इनटेलीजेन्स का सि.ई. ओ. जेनसन हुयोग सँग गहिरो सम्वाद गरेका छन् । अमेरिकामा कहलिएको व्यापारिक घरानाहरुको सि.ई.ओ.मा अधिंकाश भारतीय मूलका नागरिकहरु नै रहेको छ । भारतको अर्जुनदृष्टी नै सेमिकमकरर क्षेत्रमा तिव्र विकास गर्नु हो ।

हरेक उपकरणमा सेमिकमकरर चिप्सको आवश्यक्ता भएकोले गर्दा सेमी करणमा आत्मानिर्भर नभएको खण्डमा तेश्रो आर्थिक महाशक्ति नवन्न सक्ने मोदीको बुझाई रहेको छ । यही उद्देश्यका साथ यी व्यापारिक घरानाहरुलाई भारतमा निवेश र निर्माण गर्न मोदीले उनीहरुसँग सम्वाद गरेका छन् । माइक्रोन जस्ता नामूद कम्पनीहरुले भारतमा आफ्नो कारखाना समेत खोलीसकेका छन् । 

आफ्नो बसाईको क्रममा उनले समीट आँफ फुयचर मा पनि सम्बोधन ब्यक्त गरेका छन् । संयुक्त राष्ट्र संघको उक्त कार्यक्रम अन्तर्गत उनले संयुक्त राष्ट्र संघलाई समावेशी बनाउन जोड दिएका छन् । संसारको छ जना व्यक्तीमध्ये एक जना भारतीय भएकोले गर्दा भारतको सूरक्षा परिषदको स्थायी सदस्य नभएको खण्डमा उक्त संगठनको ओज स्वखलित हुने उनको बुझाई रहेको छ ।