|  

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान 

११ असोज, काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य आज पनि बढेको छ ।

आज सुुन तोलामा ५ सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला १ लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ६१ हजार २ सय निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।