|  

गायक नारायण र दुर्गा रायमाझीलाई मातृशोक 

११ असोज, काठमाडौं । लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझी र गायक दुर्गा रायमाझीलाई मातृशोक परेको छ । 
उनीहरूकी आमा कृष्णकुमारीको गय राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय रायमाझीका श्रीमान सूर्यबहादुर रायमाझी, तीन छोरा र २ छोरी रहेका छन् ।