|  

नारायणगढ-मुग्लिन सडकको ९ ठाउँमा पहिरो: तत्कालै सडक खुलाउन नसकिने

१२ असोज, काठमाडौं । लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पहिरोको जोखिमका कारण हिजो बेलुका ७ बजेदेखि आज बिहान ५ बजेसम्म सडक बन्द गरिएको थियो । राति नै ९ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ । चितवन प्रहरीका अनुसार सडकको नौ किलोमा सडक भास्सिएको छ भने कालिखोला, घोप्टेभीर लगायतका ठाउँठाउँमा पहिरो गएको छ । सडक विभाग र प्रहरी मिलेर सडक पन्छाउने काम भइरहे पनि तत्कालै सडक खुलाउन सकिने अवस्था छैन ।